काठमाडौं । वुलिङ बिंगो ईभीले दसैँतिहार विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले नक्सालस्थित आफ्नो सोरुममा अक्टोबर १ देखि ६ सम्म लागु हुने एक्सचेन्ज अफर सार्वजनिक गरेको हो ।
यसअन्तर्गत बिंगो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पुराना गाडीहरूले उत्कृष्ट मूल्यांकन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधिसँगै कम्र्फट र सुरक्षित रहेको गाडीमा विशेष इन्टेरियर, कटिङ–एज इन्फोटेनमेन्ट सिस्टम र दीगो ब्याट्री क्षमता रहेको कम्पनीको दाबी छ । एकै दिनमा डेलिभर गर्न सकिने गाडीमा आठ वर्ष वा एक लाख २० हजार किलोमिटरको ब्याट्री तथा तीन वर्ष वा एक लाख किलोमिटरसम्मको मोटर वारेन्टी रहेको छ ।
नेपालमा वुलिङ ईभीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यो अफर सार्वजनिक गरेको हो ।