site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज रातिबाट डीभी आवेदन खुल्दै, के चाहिन्छ योग्यता ?

काठमाडौं । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता आजदेखि खुला हुँदै छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिने छ । 

आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ । “हामी डीभी आवेदकहरूलाई सकेसम्म चाँडो आवेदन भर्न प्रोत्साहित गर्द छौँ,” दूतावासले भनेको छ ।

Dabur Nepal
NIC Asia

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् ।

दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । “अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं आफैँ जिम्मेवार रहनुहुने छ,” दूतावासले भनेको छ ।

डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । 

एक जनाले व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ । 

डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ । "यो नम्बर नै तपाईंको स्टेटस चेक गर्ने एक मात्र तरिका हो । आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस्," दूतावासले भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro