site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँमा अलपत्र पर्यटक र नेपालीको उद्धार (तस्बिरहरू)
तस्बिरहरू : नेपाल प्रहरी ।

काठमाडौं । सोलुखुम्बुमा हिमपातका कारण बीचबाटोमा अलपत्र एक विदेशी पर्यटक र नेपालीको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा उनीहरू अलपत्र परेका थिए ।

हिउँले गर्दा बाटो नदेखेर अलपत्र परी टेन्ट टाँगेर बसेको भन्ने सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो । नेपाल प्रहरीले उनीहरूको उद्धार गरेको हो ।

सिंगापुरका लिन चुन हेङ र तीन नेपाली नागरिकको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उद्धार गरिएका नेपालीमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–७ का कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–९ का विपन तामाङ रहेका प्रहरीले जनाएको छ ।

उद्धार गरी उपचारका निम्ति उनीहरूलाई सोलुखुम्बुको लबुचेमा ल्याइएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

h4-1727595104.jpg

h5-1727595104.jpg

h6-1727595104.jpg

h3-1727595103.jpg

h2-1727595103.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro