site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी ब्यारेजबाट आवतजावत बन्द

विराटनगर । सुनसरीस्थित कोसी ब्यारेजमा आवतजावत गर्न बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै शनिबार अपराह्न ४ बजेदेखि त्यहाँ सवारीसाधन र सर्वसाधारण हिँडडुल गर्न बन्द गराएको हो ।

“विगत ३ (तीन) दिनदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोसी ब्यारेजमा पानीको सतह अत्यधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाको लागि आज मिति २०८१।০६। १२ गते दिनको ४.০ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि कोसी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधहरूको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

Argakhachi Cement Island Ad

अत्यावश्यक कामका निम्ति वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

dfmg-1727520667.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्