site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमडौं । सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरूको निवेदनमा शुक्रबार न्यायाधीशद्वय श्रेष्ठ र ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्चको पेसी सूचीको कैफियतमा अभियुक्तहरूको तल्ला तहका ‘आदेश बदर, धरौटी माग गर्ने’ जनाउ गरिएको छ । सर्वोच्चका प्रवक्ता अचुतप्रसाद कोइकेलले आदेश नआइसकेकाले धरौटी रकम यकिन भइनसकेको बताए ।

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते मुद्दा दायर गरेको थियो । चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाइएको मुद्दामा २९ जनालाई विपक्षी बनाइएको थियो । उनीहरूविरुद्ध संगठित अपराधसहित पाँचवटा अभियाृग लगाइएको छ । 

करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा छ ।

धरौटी सुविधा पाउने अभियुक्तहरूमा कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro