site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यायाधीश नियुक्तिका लागि भित्र बैठक, बाहिर घेराउ र नाराबाजी 
फाइल तस्बिर ।

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक जारी छ । नेपाल बार एशोसिएशनले भने परिषद् घेराउसहित नारबाजी गरिरहेको छ । 

न्यायपरिषद् नियमावली नसच्याउँदासम्म न्यायधीश नियुक्तिको निर्णय नगर्न अडान लिएको बारले यसअघि परिषद्को बैठक नै अवरुद्ध हुनेगरी विरोध जनाउँदै आएको थियो । 

तर, प्रधानन्यायाधीशले बैठक बोलाएर परिषद्को बैठक बसिसकेपछि बारले परिषद् प्रांगणमा गएर विरोध सुरु गरेको हो । न्यायपरिषद् नियमावली संशोधनमार्फत सर्वोच्चका मुख्य रजिष्टार र रजिष्ट्रार समान तहमा हुँदा अगाडि नै नियुक्त न्यायाधीशभन्दा वरीयतामा अगाडि हुने व्यवस्था गरेपछि बारले विरोध गर्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्