काठमाडौं । बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टकोे अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् । यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत व्यक्त गरे ।
“यो नयाँ खेलाडी ल्याउने सही समय हो । मैले मुख्य छनोटकर्ता र बंगलादेश क्रिकेट बोर्डका अध्यक्षसँग पनि कुरा गरे । हामी सबैले यो नयाँ खेलाडीलाई समय दिने सही समय भएको अनुभव गर्यौँ,” साकिबले सन्न्यास घोषणाका क्रममा भने ।
३७ वर्षीय अनुभवी अलराउन्डर साकिबले १२९ अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन् ।