राजनीति
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता पुग्नेमा आशंका व्यक्ति गरिएको छ । जारी संसदीय सुनुवाइमा सांसदहरूले भट्टराईको शैक्षिक योग्यता प्राप्त नभएको बताएका छन् ।
“श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाणपत्र समितिले प्राप्त गर्न सकेन । राजदूत हुन स्नातक पास गरेको हुनुपर्छ । उहाँकाे शैक्षिक योग्यता पुग्नेमा आशंका देखिएको छ,” बैठक स्रोतले भन्यो ।
संसदीय सुनुवाइ समितिको बैठक जारी छ । बैठकमा पत्रकारलाई बस्न दिइएको छैन ।
समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १३:३४
प्रतिक्रिया दिनुहोस्