site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पल वाचले निद्रामा श्वासप्रश्वास रोकिने समस्या पत्ता लगाउने, औषधि प्रशासनबाट पायो स्वीकृति
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले एप्पलको वाच सिरिज ९, सिरिज १० र वाच अल्ट्रामा निन्द्रामा श्वासप्रश्वास रोकिने समस्या (स्लीप एपनिया) पत्ता लगाउने फिचरका लागि अनुमति दिएको छ । यसै सेप्टेम्बर २० मा एप्पलको वाच सिरिज १० सार्वजनिक हुँदै छ । त्यसअघि एफडीएले कम्पनीलाई अनुमति दिएको हो ।

यो फिचरलाई एप्पलले सेप्टेम्बर ९ मा एप्पल इभेन्टमा घोषणा गरेको थियो । एप्पलको वाचओएस११ मा यो फिचर आउने भएको हो । कम्पनीले ३० दिनको अवधिका १० रातको निन्द्राको तथ्यांकका आधारमा प्रयोगकर्तामा स्लीप एपनिया रहेको नरहेको निक्र्योल गर्नेछ । यसले निन्द्रामा हुने गरेको अवरोधको तथ्यांक पनि राख्नेछ ।

एफडीएले यो फिचरलाई स्लीप एपनियाको जोखिमलाई मूल्यांकन गर्ने ओभर–दि–काउन्टर उपकरण भनेको छ । एप्पलले यो निदान उपकरणभन्दा पनि प्रयोगकर्तालाई औपचारिक निदानका लागि स्वास्थ्यसंस्थामा जान प्रोत्साहन गर्ने बताएको छ । विभिन्न कारणले श्वास फेर्ने क्रम कम हुने वा रातको समयमा बारम्बार श्वासप्रश्वास रोकिने समस्या स्लीप एपनियामा पर्छ ।

फ्रान्सेली कन्ज्युमर इलेक्ट्रोनिक्स कम्पनी विंथिग्सले यसअघि नै यस्तो फिचर उपलब्ध गराउँदै आएको छ । यसअघि सामसङको वाच सिरिजले पनि एफडीएबाट यसका लागि अनुमति पाइसकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro