site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी
तस्बिर : एएनआई ।

काठमाडौं । आम आदमी पार्टीकी नेत्री आतिशी भारतको दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । दिल्लीको नयाँ मुख्यमन्त्री पदमा उनको नाम सार्वजनिक गरिएको हो ।

दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई उक्त जानकारी गराए । राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बीबीसी हिन्दीका अनुसार, मंगलबार स्थानीय समयानुसार बिहान करिब ११ बजे बसेको विधायक दलको बैठकबाट अतिशीको नाम अनुमोदन गरिएको हो । राईले आतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरिएको बताए ।

हालका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । उनले हाल शिक्षालगायत महत्त्वपूर्ण विभाग सम्हाल्दै आएकी छन् ।

केजरीवालले आप कार्यकर्तालाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो । अब केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामापत्र बुझाउनेछन् ।

केजरीवाल सेप्टेम्बर १३ मा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा नीति प्रकरणमा जेलमा थिए । त्यसपछि सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

यो पनि पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro