site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्री पदबाट राजीनामा दिँदै केजरीवाल, अब के गर्लान् ?

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार मध्याह्न १२ बजेतिर बोलाइएको विधायक दलको बैठकबाट नयाँ मुख्यमन्त्रीको नाम तय गरिनेछ ।

दिल्ली मदिरा नीति प्रकरणमा पक्राउ परेका केजरीवाल यही सेप्टेम्बर १३ मा रिहा भएका थिए । उनी सर्वोच्च अदालतको आदेशपछि जमानतमा रिहा भएका हुन् । सेप्टेम्बर १५ मा उनले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

“म इमानदार छु वा छैन अब जनताले तय गर्नेछन् । ममाथि लागेको दाग धोएर जनताले विधानसभामा जिताए भने फेरि कुर्सीमा बस्नेछु,” उनले भनेका थिए ।

उनले सन् २०२० फेब्रुअरी १६ मा तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए ।

किन राजीनामा दिनुपर्ने अवस्थामा पुगे केजरीवाल ?

शक्तिहीन
दिल्ली मदिरा नीति प्रकरणमा पक्राउ परेका केजरीवाल १७७ दिनपछि जमानतमा रिहा भएका हुन् । रिहाइको आदेश दिने क्रममा अदालतले केजरीवाल मुख्यमन्त्री कार्यालयमा जान नपाउने सर्त राखेको थियो ।

कुनै पनि फाइलमा हस्ताक्षर गर्न नपाउने सर्त पनि सर्वोच्चले राखेको थियो । अर्थात्, जेलबाट निस्किएपछि उनी मुख्यमन्त्री त रहने तर कुनै शक्ति हुने थिएन ।

पाँच महिनाको कार्यकाल बाँकी 
वर्तमान दिल्ली विधानसभाको कार्यकाल २०२५ फेब्रुअरीमा सकिँदै छ । अर्थात्, सरकारसँग अब पाँच महिना मात्र बाँकी छ । जेलबाट रिहा भएपछि केजरीवालसँग सहानुभूति छ । त्यसलाई उपयोग गर्दै उनी चुनावी मैदानमा होमिन चाहन्छन् । रिहा भएपछि उनले दिएको अभिव्यक्तिले पनि यो प्रस्ट हुन्छ ।

इमानदार नेताको छविलाई बलियो पार्ने प्रयास
दिल्ली मदिरा नीति प्रकरणमा पक्राउ परेपछि भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले केजरीवाललाई मुख्यमन्त्री पद छोड्न आग्रह गरेका थिए । अब केजरीवालले आरोप लाग्नेबित्तिकै आफूले पदबाट राजीनामा दिएको बताउनेछन् । र, आफू इमानदार भएको जिकिर गर्नेछन् । भाजपालाई ‘काउन्टर’ गर्न उनीसँग पर्याप्त तर्क हुनेछन् ।

राजीनामापछि के गर्लान् केजरीवाल ?
केजरीवाल मुख्यमन्त्री पदबाट हटे पनि आम आदमी पार्टीको राष्ट्रिय संयोजक बनिरहनेछन् । राजीनामापछि उनले हरियाणा विधानसभा चुनावमा ध्यानकेन्द्रित गर्नेछन् । पार्टीका उमेदवारहरूका निम्ति प्रचार गर्नेछन् । आम आदमीले ९० सिटमा चुनाव लड्दै छ । केजरीवाल आफैँ पनि हरियाणाको सिरसास्थित सिवानी गाउँका हुन् । 

त्यसपछि उनी झारखण्ड र महाराष्ट्र विधानसभा चुनावमा केन्द्रित हुनेछन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro