site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पनौती बालश्रममुक्त नगरपालिका घोषित

काठमाडौं । काभ्रेको पनौती नगरपालिकालाई बालश्रममुक्त घोषणा गरिएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार पनौतीमा आयोजित कार्यक्रमबीच वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री लामाले बालअधिकार संरक्षण गर्न वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

वाग्मती प्रदेशसभा सदस्य तीर्थ लामाले पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरिएकोमा शुभकामना व्यक्त गरे । यसको दिगोपनाका निम्ति निरन्तर कार्यक्रम गर्न उनले आग्रह गरे ।

नगरपालिकाले यसअघि कार्यक्रम सञ्चालन गरेर १२ वडालाई विभिन्न मितिमा बालश्रममुक्त घोषणा गरिएको थियो । त्यसपश्चात् बालश्रममुक्त नगरपालिका घोषणा गरिएको पनौती नगरप्रमुख रामशरण भण्डारीले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro