site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनीता र बुच अन्तरिक्षबाट मतदान गर्न उत्साहित

वासिङटन डीसी । नासाका अमेरिकी अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षमा सन् २०२५ को फेब्रुरीसम्म बस्नुपर्ने भएको छ । योसँगै उनीहरूले आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् ।

अन्तरिक्षयान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोर आईएसएसबाट सहभागी भएका न्युयोर्क टाइम्सले जनाएको छ ।

गएको जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा चढेर उनीहरू अन्तरिक्षमा पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्षयात्री निर्धारित समयमा पृथ्वीमा फर्कन नसकेका हुन् ।

अन्तरिक्षयान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरिएको थियो । तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा त्यो सफलतापूर्वक पृथ्वीमा फर्काइयो । 

दुवै अन्तरिक्षयात्रीलाई स्पेसएक्स ड्र्यागन अन्तरिक्षयानबाट आउँदो वर्षको फेब्रुरीमा पृथ्वीमा फर्काइने तय भएको छ । 

अन्तरिक्षयात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहने भन्दै मतपत्रका निम्ति अनुरोध गरिएको बताएका छन् ।

“मैले आज मतपत्रका निम्ति अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ,” विल्मोरले भने, “मतदानको अधिकार नागरिकको एक महत्त्वपूर्ण अधिकार हो । नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौँ ।”

टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्षयात्रीले सन् १९९७ देखि त्यहीँबाट मतदान गर्दै आएका न्युयोर्क टाइम्सले जनाएको छ ।

त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्षयात्री बनेका थिए । २०२० मा नासाकी अन्तरिक्षयात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गरेकी थिइन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro