site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीर अस्पतालमा पुनः सुरु भयो जलनको उपचार
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुन: सुरु गरिएको छ । शुक्रबार वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले 'डा. केडी जोशी जलन उपचार केन्द्र'को शुभारम्भ गरेका हुन् ।

जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।

वीरले आठ वर्षपछि जलनको पुन: उपचार थालेको हो । २०७२ को विनाशकारी गोरखा भूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

जलनका बिरामीलाई आवश्यक सबै उपचार सेवा केन्द्रबाट दिइने अस्पतालले जनाएको छ ।

अस्पताल निर्देशक डा. सन्तोष पौडेलले झन्डै दुई वर्षअघि आफ्नो नियुक्तिको पहिलो निर्णयमा नै बर्न युनिट सुरु गर्ने बताएका थिए । तर, जनशक्ति, स्थान अभावसहितका  कारणले सेवा सुरु गर्न ढिलाइ भएको थियो ।

जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro