site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ : नवाजुद्दिन

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् । सोमबार (हिजो) काठमाडौंमा अन्तरक्रिया कार्यक्रममा उनले नेपाली चलचित्र ‘साम्बला’सँगै सिनेमाका निम्ति नेपालमा नयाँ माहोल बनेको बताएका हुन् ।

उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । देशमा एकपटक मात्र चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशक आउने भन्दै त्यो ‘साम्बला’सँगै बनेको उनको भनाइ थियो ।

“एउटा देश एकपटक मात्रै त्यस्तो मानिसहरू आउँछन्, जसले त्यो बेलामा सिनेमा वा अरू कुनै पनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ,” उनले भने, “अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरू आउँछन्, जो अहिले पनि छन् । अब नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरूले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।”

अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro