site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

समितिको बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका निम्ति राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठाएका थिए । मन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिबद्धता जनाइन् ।

आफूले पनि हुनुपर्नेजति समावेशी र समानुपातिक नभएको महसुस गरेको उनले उल्लेख गरिन् । उनले सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने बताइन् ।

राजदूत सिफारिसका निम्ति आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि नपाएको उनले जानकारी गराइन् । उनले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका निम्ति निश्चित सीमा तोकिनुपर्ने बताइन् । निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानुन बनाउनुपर्ने उनले सुझाव दिइन् ।

मन्त्री राणाले देशमा असमानता, असमावेशिता कायम रहेको भन्दै यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताइन् । नेपालको कूटनीति समयसापेक्ष बनाउन पहल गरिरहेको उनले सुनाइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro