site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डोको ९०० करिअर गोल पूरा

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करिअरमा ९०० गोल पूरा गरेका छन् ।

अन्तर्राष्ट्रिय फिफा विन्डोमा भएको नेसन्स लिगअन्तर्गतको खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै रोनाल्डोले यो कोसेढुंगा छोएका हुन् । रोनाल्डो गोलसँगै भावुक बनेका थिए । अन्तर्राष्ट्रिय करिअरमा भने रोनाल्डोको यो १३१औँ गोल हो । क्रोएसियाविरुद्ध पोर्चुगलले २–० को जित निकालेको थियो ।

क्लबस्तरमा रोनाल्डोले स्पोर्टिङ लिस्वन, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेलेका छन् ।

रोनाल्डोले आफ्नो करिअरको पहिलो गोल २२ वर्षअघि गरेका थिए । उनले सन् २००२ को अक्टोबर ७ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट पहिलो गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो करिअरमा स्पोर्टिङ लिस्वनबाट पाँच, रियाल मड्रिडबाट ४५०, पोर्चुगलबाट १३१, म्यानचेस्टर युनाइटेडबाट १४५, युभेन्ट्सबाट १०१ र अल नासरबाट हालसम्म ६८ गोल गरेका थिए ।

यो कोसेढुंगा पूरा गरेपछि आफूले १०० गोल चाहेको रोनाल्डोले बताए ।

“म १००० गोलसम्म पुग्न चाहन्छु । यदि मलाई कुनै इन्जुरी हुँदैन भने यो मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” रोनाल्डोले क्रोएसियाविरुद्धको खेलपछि भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro