site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बालन डी‘अर मनोनयनमा इंग्ल्यान्डका ६ खेलाडी 

काठमाडौं । फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने बालन डी‘अरको मनोनयनमा इंग्ल्यान्डका ६ खेलाडी मनोनीत भएका छन् । 

बुधबार राति सार्वजनिक मनोनयनमा इंग्ल्यान्डबाट कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिंघम, फिल फोडेन र डेक्लान राइस छन् । यस्तै, फरवार्डद्वय बुकायो साका र कोल पाल्मेर पनि मनोनयनमा परेका थिए । 

यसै वर्ष भएको युरो–२०२४ मा इंग्ल्यान्डले फाइनलसम्मको यात्रा तय गर्दा यी खेलाडीको प्रदर्शन उच्च थियो । फाइनलमा भने इंग्ल्यान्डले स्पेनसँग २–१ को हार बेहोरेको थियो । 

मनोनयमा स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमलले पनि स्थान बनाएका छन् । यसपटक अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने अटाउन सकेनन् । मेसी गत वर्षको बालन डी‘अर विजेतासमेत हुन् । बालन डी‘अरको इतिहासमा सन् २००३ पछि पहिलो पटक मेसी र रोनाल्डो मनोनयनमा नपरेका हुन् । अवार्डको सर्वाधिक सफल खेलाडीसमेत रहेका मेसीले हालसम्म आठ पटक जितेका छन् । यस्तै, रोनाल्डो पाँचपटकको बालन डी‘अर विजेता हुन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro