site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अञ्जिलाले युरोपियन लिग खेल्ने 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपको लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रीस महिला सुपर लिग क्लब नीस एट्रोमिटौले सिजन २०२४/२५ का निम्ति अनुबन्ध गरेको हो ।

सम्झौता रकम भने गोप्य राखिएको छ । अञ्जिलाले नेपालसँगै भारत र पाकिस्तानको लिग खेलिसकेकी छन् । उनले पहिलोपटक एसियाबाहिर खेल्न लागेकी हुन् ।

युरोपियन क्लबबाट खेल्न पाउँदा निकै खुसी भएको अञ्जिलाले बताएकी छन् । “पहिलोपटक युरोपियन लिग खेल्दै छु, त्यसको लागि खुसी छु,” अञ्जिलाले भनिन्, “हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिएँ, अहिले त्यो पूरा हुने भएको छ । लिग खेल्न उत्साहित छु ।”

विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्नेछिन् । यसअघि, महिला टिमकै स्ट्राइकर सावित्रा भण्डारीले युरोपको लिग खेलेकी थिइन् ।

नीस अट्रोमिटौले पछिल्लो सिजन २०२३/०२४ म २६ खेल खेल्दा नौ जित, ६ बराबरी र ११ मा हार व्यहोरेको थियो । अञ्जिला ग्रीसको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् ।

अञ्जिलाले यसअघि भारतको लिग दुई सिजन खेलिसकेकी छन् । उनले पाकिस्तानको लिग पनि एक सिजन खेलेकी छिन् । उनी भारतमा सेथु र पाकिस्तानमा मासा युनाइटेडको कप्तान थिइन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro