site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा महिला लिग आजदेखि, उद्घाटन खेल कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ ।

यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ । प्रतियोगितामा कुल ६९ खेल हुने उनले जानकारी दिए ।

लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, ‘फेयर प्ले टिम’लाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०/५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro