site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फाले उत्कृष्ट महिला र पुरुष खेलाडीलाई प्रोत्साहनस्वरुप कारबाट पुरस्कृत गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक/एकजना उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कारसहित पुरस्कृत गर्ने भएको छ । मंगलबार र बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले एक महिला र पुरुष खेलाडीलाई कार, उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही दुई लाख र मोटरसाइकलसहित पुरस्कृत गर्ने निर्णय गरेकोहो । 

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेलाई पाँच लाख र मोटरसाइकलसहित सम्मान गर्ने बैठकले निर्णय गरेको छ । खेलाडीलाई प्रोत्साहनस्वरुप कार दिने भनिए पनि एन्फाले हालसम्म गाडीको बजेट भने सार्वजनिक गरेको छैन । बजेटबारे छलफल भइरहेको एन्फाका प्रवक्ता सुरेश शाहले बाह्रखरीलाई बताए ।

“बैठकबाट खेलाडीलाई राम्रै कार दिने भन्ने निर्णय भएको छ । तर, कति मूल्यसम्मको दिने भन्ने निश्चित भइसकेको छैन । यो अझै छलफलकै क्रममा छ,” शाहले भने ।

यसका लागि खेलाडी, रेफ्री र प्रशिक्षक छनोट गर्न एन्फाले पुरुषोत्तम थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसमा हरि खड्का र सञ्जिव मिश्र सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro