राजनीति

काठमाडौं । कोसी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोसी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो । विशेष कारण भन्दै आजका लागि बैठक बोलाइएको हो ।
गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोसी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ ०७:१६
प्रतिक्रिया दिनुहोस्