राजनीति
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ ।
कार्यतालिका अनुसार आज समितिले उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । बैठक दिउँसाे १ बजे बस्नेछ ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको थियो ।
- प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ देखि
- राजदूत सिफारिस फिर्ता गर्न माग, उजुरीमाथि पनि छलफल
- राजदूत सिफारिसमा समावेशिताको प्रश्न : सरकारको बचाउमा महेश बर्तौला एक्लै
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ ०५:५६
प्रतिक्रिया दिनुहोस्