काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गरेको हो ।
कार्यतालिका अनुसार समितिले भदौ १४ गते समितिले उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उनले राजदूत सिफारिसका विषयमा परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्ने निर्णय भएको बताइन् । संविधानअनुसार समावेशिताको आधारमा राजदूत सिफारिस भए/नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसँग जानकारी लिइने उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरूले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए ।
- जब जसपा सांसद अधिकारी र एमाले मुख्य सचेतकबीच भनाभन भयो...
- राजदूत सिफारिसमा समावेशिताको प्रश्न : सरकारको बचाउमा महेश बर्तौला एक्लै