खेल

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले १–० अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाएको हो ।
बंगलादेशका मिराजुल इस्लामले एटिन यार्ड बक्स बाहिरबाट पाएको फ्रिकिकलाई सोझै गोलमा परिणत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १५:२६
प्रतिक्रिया दिनुहोस्