site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौरा पर्वको कार्यक्रममा नाराबाजी गर्ने युवाहरूलाई तत्काल रिहा गर्न हरि ढकालको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले गरेको विरोधलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए । उनले युवाहरूको विरोधका बोली सरकारले सुन्नुपर्ने पनि बताए ।

"स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस्," सांसद ढकालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro