site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फाका महासचिवको तबल दुई लाख ७० हजार पुग्यो, खेलाडीको ३० हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेको छ ।

अध्यक्ष पंकज नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुईहजार अमेरिकी डलर (दुई लाख ७० हजार रुपैयाँ) पुर्‍याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद उनको प्रस्ताव बहुमतले पारित गरेको हो ।

हाल महासचिव राईले तलब एक लाख २० हजार रुपैयाँ छ । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ ।

महासचिव राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् । तर, प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र पाँच जित दिलाएका थिए । चार खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो ।

एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro