site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'हराएका वर्षहरू'का प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्रीस्तरबाटै पहल‍

काठमाडौं । 'हेर्ने कथा'ले सार्वजनिक गरेको 'हराएका वर्षहरू'का पात्र प्रकाश तामाङले नागरिकता पाउने भएका छन् । प्रधानमन्त्रीकै स्तरबाट पहल भएपछि प्रकाशको नागरिकता बनाउने पक्रिया अगाडि बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको बताएका छन् । गृहसचिव अर्यालले दुई–चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

ओलीका अनुसार नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारले आवश्यक सहयोग गर्ने पनि तयारी गरेको छ ।

यसबारे प्रधानमन्त्रीले ओलीले सामाकजिक सञ्जालमा भनेका छन्, "नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।"

३५ वर्ष घरबार–ठेगानाविहीन भएका प्रकाश 'हेर्ने कथा' टिमको सक्रियतामा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए । ०८१ को दसैँमा घर फर्किएका उनले नागरिकता बनाउने प्रयास गरेका थिए । तर, बसाइँसराइको कागजातको अभावका कारण उनले नागरिकता बनाउन पाएका थिएनन् ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro