site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत मात्र पाइन् ।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेकाे थियाे । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् ।

अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन ।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro