site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जसले कोलकाता पुर्‍याएर १० लाख रुपैयाँमा मिर्गौला बेच्थे

काठमाडौं । भारतको कोलकाता पुर्‍याएर मानव अंग मिर्गौला बेचबिखन गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।

उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीहरूको समूहले सुरुमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई मिर्गौला बिक्री गरे १० लाख रुपैयाँसम्म कमाउन सकिने बताउँथे । त्यसक्रममा उनीहरूले मानिसको शरीरमा दुई मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्ने भएकाले केही समस्या नहुने बताउँथे ।अझ मिर्गौला दिएमा धर्म हुन्छ भन्ने समेतको प्रलोभन देखाउँथे ।

Dabur Nepal
NIC Asia

ब्युरोका अनुसार, जाहेरवालाको स्वास्थ्य परीक्षण गराएर यकिन गरी काठमाडौंबाट वीरगन्ज जाने सुमोमा चढाएर वीरगन्जबाट भारतको कोलकाता पुर्‍याएका थिए । त्यसपछि जाहेरवालाले भारतमा पुगेपछि मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेका थिए । तर, उनलाई विभिन्न किसिमको धम्की दिएर जबरजस्ती मिर्गौला प्रत्यारोपण गराएको खुलेको ब्युरोले जनाएको छ ।

अनुसन्धानबाट मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवारभित्रको व्यक्ति भनेर विश्वास दिलाउन जाहेरवालाको नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरू झुट्टा बनाएर मिर्गौला प्रत्यारोपण गरेको खुल्न आएको छ ।

यस्तै, प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट भारतको कोलकाता पुर्‍याउने, रकम डि गर्ने कामहरू फरकफरक व्यक्तिहरूले गरेको खुलेको छ ।

पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ गरिएको हो ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro