site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यी हुन् नाडामा सार्वजनिक भएका नयाँ ईभी, यस्तो छ मूल्य

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ संस्करणको नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडामा चार पांग्रे तथा दुई पांग्रे सवारी ब्रान्डका विभिन्न नयाँ मोडलहरू सार्वजनिक भएका छन् । 

मंगलबारदेखि भदौ १६ गतेसम्म चल्ने शोमा नयाँ सवारी खरिद तथा बुकिङ गर्नेलाई कम्पनीहरूले विभिन्न छुट योजनाहरू राखेका छन् ।

नाडा अटो शोमा सबैभन्दा धेरै विद्युतीय सवारी (ईभी)को आर्कषण रहेको छ । सबैजसो कम्पनी तथा ब्रान्डहरूले आफ्ना ईभी गाडी तथा मोडललाई विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखेका छन् ।

Dabur Nepal
NIC Asia

यस्ता छन् नयाँ ईभी र मूल्य
बीवाईडी– बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले शोमा आफ्नो बीवाईडी एट्टो ३ को विशेष रूपमा अपग्रेड गरिएको २०२४ संस्करण प्रदर्शनमा राखेको छ । यो गाडीको ४९.९२ किलोवाटआवरको ब्याट्री, १०० किलोवाटको मोटर, ३१० एनएम टर्क र ३४५ किलोमिटर रेन्ज रहेको एड्भान्स मोडेलको मूल्य ५६ लाख ९० हजार छ । यस्तै, ६०.४८ किलोवाटआवरको ब्याट्री, १०० किलोवाटको मोटर, ३१० एनएम टर्क र २४० किलोमिटर रेन्ज रहेको सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ ।

nada-byd-1724748658.jpeg
 

यस्तै, बीवाईडीले यसको अर्काे विशेष मोडल सिलयान पनि प्रदर्शनीमा राखेको छ । यो गाडी नेपालमा मूल्यसहित कहिले सार्वजनिक हुन्छ भन्ने जानकारी भने आएको छैन ।

टाटा– टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ पञ्चडटईभी सार्वजनिक गरेको छ । पञ्चडटईभीको इम्पावर्ड प्लस एस एमआरको भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ । एलआर भेरियन्टको ३६ लाख ९९ हजार र पञ्चडटईभी इम्पावर्ड प्लस एस एलआरको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ ।

nada-(20)-1724748678.jpg
 

स्काईवेल– जी मोटर्सले स्काईवेलका नयाँ गाडी सार्वजनिक गरेको छ । जसमा स्काईवेल बीई ४१० किलोमिटर रेन्ज र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । कम रेन्जको मूल्य ७५ लाख ९० हजार रुपैयाँ छ भने, माथिल्लो रेन्जमा उपलब्ध स्काईवेल ८५ लाख ९० हजार रुपैयाँ छ । स्काई वेलको ईटी५ को मूल्य एक करोड १० लाख रुपैयाँ छ ।

WhatsApp-Image-2024-08-27-at-2.38.23-PM-(1)-1724748840.jpeg
 

नेटा– सीजी मोटर्सअन्तर्गतकै नेटाको एक्स मोडल पनि शोमा सार्वजनिक भएको छ । नेटा एक्सका तीन भेरियन्ट छन् । जसमा नेटा एक्स ४०० कम्फर्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ । यस्तै, नेटा एक्स ५०० कम्फर्टको मूल्य ५७ लाख ९९ हजार र नेटा एक्स ५०० लक्जरीको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ ।

nada-(56)-1724748695.jpg
 

आयोन– सीजीले आयोन ब्रान्डको हाइपर ईभी र आयोन भी ईभी पनि प्रदर्शनमा राखेको छ । यी दुवै गाडीको मूल्य भने घोषणा हुन बाँकी छ । हाइपरको मूल्य एक करोडभन्दामाथि र आयोन भीको मूल्य ७० लाखभन्दा माथि रहने कम्पनीले जनाएको छ ।

nada-(53)-1724748694.jpg
 

रिड्डारा पिकअप– सीजीले भित्र्याएको मिडसाइज पिकअप रिड्डारा पनि शोमा सार्वजनिक भएको छ । रिड्डारा आरडी ६ को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ छ ।

ridar-1724758735.jpeg
 

एक्सपेङ– सीजी मोटर्सले एक्सपेङ ब्रान्डका गाडी पनि शोमा सार्वजनिक गरेको छ । शोमा प्रदर्शनमा राखिएको एक्सपेङ जी६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ छ ।

WhatsApp-Image-2024-08-27-at-5.25.02-PM-1724758817.jpeg
 

अवतार– सीजीले नै बिक्री गरिरहेको अवतार आईआई ईभी पनि नाडा अटो शोमा सार्वजनिक भएको छ । यसको मूल्य एक करोड ४५ लाख रुपैयाँ छ ।

nada-(45)-1724748690.jpg
 

दिपल– एमएडब्लू वृद्धि आधिकारिक वितरक रहेको दिपल ब्रान्डको नयाँ ईभी पनि शोमा राखिएको छ । जसमा दिपल ०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ । पहिलेदेखि नै बजारमा रहेको दिपल एस ०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ ।

nada-(23)-1724748680.jpg
 

जिकर– पयोनिर अटोकर्पले भित्र्याएको जिकर मोडलका दुई भेरियन्ट शोमा सार्वजनिक भएका छन् । जसमा जिकर एक्स रियर ह्वील ड्राइभको मूल्य ८९ लाख ९९ हजार र अल ह्वील ड्राइवको मूल्य एक करोड ५९ लाख ९९ हजार रुपैयाँ छ । 

nada-(37)-1724748687.jpg
 

केई– लक्ष्मी ई–मोबिलिटठी केईका दुई नयाँ ईभी सार्वजनिक गरेको छ । जसमा केई ई–क्युट ०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ छ । केई ई–क्युट ०४ को मूल्य २४ लाख ९६ हजार रुपैयाँ छ ।

nada-(18)-1724748677.jpg
 

डोङफेङ नामी– एमएडब्ल्यू ग्रुपले नै भित्र्याएको डोङफेङ ब्रान्डको नामी ईभी पनि नाडा अटो शोमा राखिएको छ । नामीका तीन भेरियन्ट नामी ई१, नामी ई२ र नामी ई३ छन् । यी तीनवटै भेरियन्टको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ छ ।

nada-(43)-1724748689.jpg
 

लिपमोटर– सांग्रिला मोटर्ससले नेपालमा ईभी ब्रान्ड लिपमोटर भित्र्याएको छ । शोमा सार्वजनिक लिपमोटरको सी१० गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ छ ।

C10-1724758735.jpeg
 

एमजी साइबरस्टर– एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले स्पोर्ट ईभी कार साइबरस्टर सार्वजनिक गरेको छ । नाडामा सार्वजनिक भएको यो कारको मूल्य एक करोड ६८ लाख रुपैयाँ छ ।

nada-(33)-1724748685.jpg
 

जेकु– एसपीजी अटोमोबाइल्सले चेरीको जेकु ईभी ब्रान्ड नेपाल भित्र्याएको छ । शोमा सार्वजनिक जेकु जे६ को इलेक्ट्रिक एसयूभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ । यस्तै, कम्पनीको ओमोडा ई५ डिलक्स ईभी पनि सार्वजनिक भएको छ । यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ ।

nada-(42)-1724748688.jpg
 

भोल्टस– एसक्युब इन्टरप्राइजेजले भोल्ट्सको नयाँ ईभी एचइभी३०० सार्वजनिक गरेको छ । यसको मूल्य २५ लाख ९५ हजार रुपैयाँ छ ।

nada-(54)-1724748694.jpg
 

बीएडब्ल्यू– एलआरआर मोटर्सले बीएडब्ल्यू ब्रान्डको ईभी नेपाल भित्र्याएको छ । बीएडब्ल्यूको ब्रम्बी गाडीको मूल्य २१ लाख ९० हजार रुपैयाँ छ ।

nada-(46)-1724748690.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro