site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधि भिड्न्त नेपालसँग
SkywellSkywell

काठमाडौं । टाइब्रेकरमा साविक विजेता भारतलाई ४–३ ले हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न फाइनलमा खेलको निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि पेनाल्टी सुटआउटबाट नतिजाको निर्णय भएको हो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा बंगलादेशका गोलकिपर नायक बने । उनले भारतको पहिलो र पाँचौँ प्रहार विफल बनाउँदै बंगलादेशको फाइनल यात्रा पक्का गरे । बंगलादेशबाट पेनाल्टी प्रहारमा आएका चारैजनाले बललाई जाली चुमाए ।

त्यसअघि खेलको पहिलो हाफमा बंगलादेशले अग्रता बनाए पनि त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन । ३५औँ मिनेटमा असादुल मोल्लाले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेका थिए ।

तर, ७५औँ मिनेटमा ग्वग्वम्सार गोयारीले गोल गर्दै भारतीय टिमलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

जितसँगै फाइनलमा स्थान बनाएको बंगलादेशले अब उपाधिका निम्ति घरेलु टिम नेपालविरुद्ध खेल्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भुटानविरुद्ध पेनाल्टी सुटआउटमै जित निकालेपछि नेपालले फाइनल यात्रा तय गरेको थियो ।

फाइनल खेल पनि सातदोबाटोस्थित एन्फा मुख्यालयमै बुधबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu