site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा कारभित्र भेटियो गाँजा, तीनजना पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८, राजाविराट चोकबाट प्रहरीले ७२ किलो लागुऔषध गाँजा बरामद गरेको छ । आईसीपी सडकखण्डबाट कारमा राखेर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो । 

गएराति गस्तीमा खटिएको प्रहरी टोलीले डब्लूबी१८यू१०७१ नम्बरको कारलाई रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा कारमा लुकाएर राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रानी मोरङले गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जोगबनीका ४० वर्षीय बैजनाथ रजक, पप्पु रजक र आलोककुमार रजक छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro