site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फाइनल पुग्न भिड्दै भारत र बंगलादेश 
भारतको टिम ।

काठमाडौं । नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।

प्रतियोगितामा भारत अपराजित छ । भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा आएको हो । भारतले समूह चरणमा भुटान र माल्दिभ्सविरुद्ध समान १–० को जित निकालेको थियो ।

बंगलादेश भने समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा आएको हो । बंगलादेशले समूह चरणमा श्रीलंकालाई २–० ले हराएको थियो । नेपालसँग बंगलादेशले २–१ को हार व्यहोरेको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजे खेल सुरु हुनेछ । आज विजयी हुने टिमले उपाधिका निम्ति नेपालसँग खेल्नेछ ।

आइतबार पहिलो सेमिफाइनलमा भुटानविरुद्ध पेनाल्टी सुटआउटमा ४–१ को जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro