site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो सहभागिताबिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल
SkywellSkywell

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिताबिना संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् । सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले अपारदर्शी ढंगले उक्त प्रस्ताव ल्याएको उनले जिकिर गरे ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । आफूहरूको सहभागिताबिना संविधान संशोधन सम्भव होला भन्ने कसैले ठानेको भए त्यो गलत हुने उनको भनाइ थियो ।

KFC Island Ad
NIC Asia

संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहास्पद रहेको उनले दोहो¥याए । उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए ।

कार्यक्रममा माधव नेपालको भनाइ पढ्नोस्–
यो समीकरण रातारात परिवर्तन भयो । कसरी मान्छेहरूलाई झुक्याइँदो रहेछ । हुन त सबै झुक्किँदा रहेछन् । धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् । धेरै बाठो भएर पनि झुक्किँदा रहेछन् । यो सत्तासमीकरण परिवर्तन गर्नेहरूको राम्रो उद्देश्य थियो ? राम्रो देखिँदैन । संविधान संशोधन गर्ने उद्देश्य थियो ? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ ? त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन ? सार्वजनिक बहसको विषय बनाउनु पर्दैन ? त्यसो हुनाले यो जुन हिसाबले संविधान संशोधनको विषय आएको छ, यो पनि बडो अपारदर्शी छ । के हो के बुझ्न सकिएको छैन । त्यो हुनाले अहिले नै म धेरै टिप्पणी गर्न चाहन्नँ । पहिले विषयवस्तुहरू आओस्, कुराहरू आओस् । तर, हाम्रो सहभागिताबिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ । त्यो सम्भव छैन । हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईंहरूलाई । हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरूको संख्याले यो संविधान संशोधन गर्न दिँदैन । त्यो हुनाले हाम्रो सहभागिताबिना त्यो उपाय नै छैन । हाम्रो सहभागिताको सन्दर्भमा आउनुहोस्, बसेर छलफल गरौँ । विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समीक्षा गरौँ । पुराना संविधानको प्रावधानलाई पनि समिक्षा गरौँ । संसारको अरू देशको संविधानलाई पनि हेरौँ । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौँ । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ ? सुधार आवश्यक छैन होइन, जरुरी छ । तर, सुधार गर्दाखेरि समग्र पक्षलाई नसोची गर्दाखेरि समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसाबले अगाडि बढाउन खोजिएको छ, त्यो बडो सन्देहास्पद छ । फेरि, दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ, त्यो नेपालमा सम्भव छैन । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro