site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको निर्णायक गोल

काठमाडौं । दोस्रो हाफमा रोवर्ट लेवान्डोवस्कीले गरेको गोल निर्णायक बनेपछि बार्सिलोनाले स्पेनिस लिगामा एथ्लेटिक विल्वाओविरुद्ध २–१ को जित निकालेको छ ।

शनिबार स्टाडियो ओलिम्पिक लुईस कम्पनीजमा भएको खेलमा लामिन यमलले २४औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । तर, ४२औँ मिनेटमा अइहान सान्सेटले पेनाल्टीमार्फत गोल गरेपछि एथ्लेटिक खेलमा फर्कियो । बार्सिलोनाका रक्षक पाउ कुबार्सीले १८ यार्ड बक्सभित्र एथ्लेटिकका खेलाडीमाथि फाउल गरेपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा सान्सेटले कुनै गल्ती गरेनन् ।

तर, ७५औँ मिनेटमा लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोनाले पुनः २–१ को अग्रता बनाएको थियो । लेवान्डोवस्कीको यही गोल निर्णायक बन्दा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको हो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको विल्वाओ तालिकाको १६औँ स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro