site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटारनजिक युवाको प्रदर्शन
Tiktok banner adTiktok banner ad

काठमाडौं । युवाको एक समूहले शनिबार काठमाडौंको बालुवाटारनजिक प्रदर्शन गरेको छ । ‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भन्दै प्रदर्शन गरिएको हो ।

उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले पाँचवर्षे हदम्यादको व्यवस्था गर्न लागिएको भन्दै त्यसको विरोध गरे । त्यस्तो व्यवस्था गर्न नहुनेमा उनीहरूले जोड दिए ।

यस्तै, विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान, सबै नेताहरूको सम्पत्ति छानबिनका निम्ति स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूका माग छ ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro