site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद सुमना श्रेष्ठले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयमा असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन् । उनले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उल्लेख गरिन् ।

Dabur Nepal
NIC Asia

उनले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताइन् । शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिका रूपमा प्रधानमन्त्री बोल्दै हिँडेको उनले आरोप लगाइन् ।

उनले शिक्षालयमा राजनीति पस्न दिन नहुने बताइन् ।

प्रतिनिधिसभा बैठकमा सांसद सुमना श्रेष्ठको भनाइ पढ्नोस्–
त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरूले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागीय प्रमुखको पदको लागि । यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो । तर, यो त्यतिमा मात्रै सीमित रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दुईवटा ठूला दलको भ्रातृसंगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मूकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ, शिक्षकले राजनीति गर्नुपर्छ, प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुपर्‍यो । मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro