site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्ला दुर्घटनाका घाइते मल्लको मृत्यु, तीनजनाको उपचार जारी
प्रतीकात्मक तस्बिर ।

सुर्खेत । हुम्लाको चंखेलीमा बुधबार (हिजो) जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको छायानाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको उपचारका क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

बुधबार बिहान चंखेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगुखण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त जीपधनी मल्ल आफैँ थिए ।

मल्लका दाइ नाता पर्ने रोशन शाहीले भने, “रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”

दुर्घटनामा गम्भीर घाइते भएका अरू तीनजनालाई थप उपचारका निम्ति सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पतालमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही र मुगुको छायानाथरारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतलाई सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, अरू घाइतेको अवस्था सामान्य रहेकाले चंखेली गाउँपालिकास्थित दार्मा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro