site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानको संसद्‌मा मुसाको आतंक, तर्सिन्छन् नयाँ सांसद

काठमाडौं । पाकिस्तानको संसद्ले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । यो समस्या कुनै राजनीतिज्ञ र सांसदले सिर्जना गरेको होइन । समस्या सिर्जना गरेका हुन् संसद् भवनमा रहेका मुसाले । 

नेताहरूको कार्यालयमा मुसाको चहलपहल बढेको छ । जसले गर्दा नयाँ सांसदहरूमा डरको वातावरण सिर्जना गरेको छ । 

Dabur Nepal
NIC Asia

यो समस्या तब देखियो जब एक आधिकारिक समितिलाई सन् २००८ मा भएको बैठकको रेकर्ड हेर्न भनियो । फाइल हेर्दा थाहा भयो मुसाले धेरै टुक्रा टुक्रा पारिसकेको रहेछ । 

राष्ट्रियसभाका प्रवक्ता जफर सुल्तानले भने, “यस तलामा रहेका मुसाहरू यति ठूला छन् कि बिरालाहरू पनि उनीहरूसँग डराउँछन् ।”

पाकिस्तानको संसद्‌मा मुसाको समस्या यति बढेको छ, जहाँ मुसा मुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट छुट्याइएको छ । धेरैजसो मुसा संसद् भवनको पहिलो तल्लामा रहेका छन्, जहाँ प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि बस्ने गर्छ ।

त्यहाँ खाना खानेहरूको लागि एउटा हल पनि छ । दिउँसो संसद् चल्दा मुसा देखिँदैनन् । तर, राति धेरै नोक्सान गर्ने गरेका छन् । 

राष्ट्रियसभाका एक अधिकारीले भने, “साँझमा कोही नहुँदा मुसा म्याराथन जस्तै दौडिन्छन्, यहाँ काम गर्ने कर्मचारीलाई बानी परेको छ, तर पहिलोपटक यहाँ कोही आउँदा उनीहरू डराउँछन् ।”

मुसा नियन्त्रण गर्नको लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि प्रकाशित गरिएको छ । विज्ञापनमार्फत मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको किट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ । हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएका छन् । बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro