देश
मुग्लिन । पहिरोका कारण पृथ्वी राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । आज बिहान ६ः३५ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् ।
मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी जानकारी गराइन् । रासस
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्