site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
फाइल तस्बिर ।

म्याग्दी । अविरल वर्षसँगै पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफलाइन’का रूपमा लिने गरिएको उक्त सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि बाटो अवरुद्ध हुने गर्छ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

हाल वर्षा भइरहेको र पहिरो खसिरहेकाले त्यसलाई पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायत ठाउँबाट तातोपानी अध्ययनका निम्ति आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

“बेनी–दरबाङ सडक पाखो र भीरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भीरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” वडाध्यक्ष रोकाले भने, “म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।”

उनका अनुसार, सडकबाट करिब २०० मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि उक्त सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी–४ र मंगला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा वर्षा नहुँदा समेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro