काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सन्दीप दुई वर्षका लागि बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको एम्बासडर रहनेछन् । बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौतापछि सन्दीपले बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै, उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।
"बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तोखाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ," लामिछानेले भने ।
यस्तै, बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीपजस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए ।
साथै, उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।
"सन्दीपलाई ब्रान्ड एम्बासडर भएपछि कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ," गिरीले भने ।