site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनावपूर्ण खेलमा भुटानविरुद्ध भारतको कठिन जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले भुटानविरुद्ध १–० को कठिन जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तनावपूर्ण खेलमा भारतलाई जित दिलाउन मोनरुल मोल्लले गोल गरे । मोल्लले खेलको ३७औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए ।

तनावपूर्ण खेलमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए । ६५औँ मिनेटमा भारतले पाएको फ्रिकिका क्रममा धक्कामुक्की सुरु भएपछि रेफ्रीले भारतका प्रम्भिर भानलालपेका गुई र केल्भिनसिंह टाओमिरलाई रातो कार्ड दिएका थिए । यस्तै, भुटानका किन्ले ग्याल्सेनले रातो कार्डको दर्शक गरे ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा दक्षिण एसियाका ६ टिमको सहभागिता छ । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro