site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले आदिबराह तल पुरियो

पर्वत । पर्वतको जलजला गाउँपालिका–२, पूर्णगाउँस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोले पुरिएको छ । जलजला–५, कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो ।

बुधबार (हिजो) बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताए । गत वर्ष मर्मत गरिएको ताल बुधबार खसेको पहिरोले पुनः पुरिएर पहिलेकै अवस्थामा पुगेको उनले जानकारी दिए ।

अविरल वर्षासँगै बुधबार खसेको पहिरोले एउटा घर जोखिममा परेको छ । सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला–४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताए ।

समुद्री सतहबाट एक हजार ९५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अंग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताए ।

करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल छन् । ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेको उनले जानकारी दिए ।

स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, निलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर आकर्षक र मनमोहक देखिन्छ ।

कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताए ।

प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्छ । मेला हेर्न र बराह देवताको पूजा गर्न हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्छ ।

कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घरपरिवार विस्थापित बनेका थिए । यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेत बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो ।

विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक बिरास मल्ल र आईटी इन्जिनियर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro