site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिराजको ‘१२ गाउँ’ चलचित्र ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने 

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘१२ गाउँ’ले रिलिज डेट घोषणा गरेको छ । आज एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले असोज २४ गते सिनेमा रिलिज गर्ने घोषणा गरेको हो । 

बिराज भट्टले निर्देशन गरिरहेको चलचित्रको सार्वजनिक पोस्टरमा समीर भट्ट फिचर्ड छन् । 

‘१२ गाउँ’ले प्रदर्शन मिति घोषणा गरेसँगै असोज २४ गते एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘छक्का पञ्जा–५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ एकै दिन रिलिज हुने भएका हुन् । आज बिहानमात्र ‘ज्वाइँ साब’ले रिलिज डेट घोषणा गरेको थियो । 

‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्ने भएका छन् । 

चलचित्रमा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्केलगायतको अभिनय रहनेछ ।

चलचित्रमा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद छ । 

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि बिराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro