site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक र जितुको चलचित्र एकै दिन रिलिज हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ दसैँमा रिलिज हुने भएको छ । दसैँको बिदालाई लक्षित गर्दै चलचित्र असाेज २४ गतेबाट रिलिज हुने भएको हो । 

यो चलचित्रको शीर्ष भूमिकामा जितु नेपाल छन् । वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’ तयार भएको चलचित्र हो । 

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

चलचित्रमा जितुको अपोजिटमा नीति शाहले अभिनय गरेकी छन् । चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायत कलाकारको अभिनय छ ।

“हामी असाेज २४ मा आउनुको कारण बिदा नै हो । बिदामा सिनेमा रिलिज गर्ने भन्ने थियो । हाम्रो निर्माताले असाेज २४ मै रिलिज गर्ने भनेपछि हामी यो मितिमा आउन लागेका हौँ,” निर्देशक वसन्तले बाह्रखरीसँग भने । 

असाेज २४ गते नै चलचित्र ‘छक्का पञ्जा–५’ पनि रिलिज हुँदै छ । ‘छक्का पञ्जा–५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकार छन् । सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले खुलाएको छैन । 

दुवै चलचित्र एकै दिन रिलिज हुँदा बक्सअफिसमा जितु नेपाल र दीपकराज गिरीको भिडन्त हुने भएको छ । सुरुमा दीपक–दीपाको ‘छक्का पञ्जा’मै जितु पनि काम गर्दै आएका थिए । तर पछि सम्बन्ध बिग्रिएपछि उनी दीपक–दीपाको समूहमा छैनन् । 

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षको विषयलाई लिएर आफूले काम गर्दै आएको चलचित्र ‘छक्का पञ्जा’ टिमसँग जितुको सहकार्य टुटेको थियो । तर, सार्वजनिक रूपमा भने यसलाई दुवैले अस्वीकार गर्दै आएका छन् । 

सुरुमा मुन्द्रेको कमेडी क्लब’को अध्यक्षता दीपाश्रीले गरे पनि अचानक उनको ठाउँमा करिष्मा मानन्धरलाई ल्याएपछि जितुको सम्बन्ध काम गर्दै आएको ‘छक्का पञ्जा’ टिमसँग चिसिएको थियो । त्यसयता जितु र दीपक–दीपाबीच सिनेमामा सहकार्य भएको छैन । 

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

अभिनेता समेत रहेका निर्माता दीपकराज गिरीको पटकथा रहेको चलचित्रको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले लेखेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro