site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनाबाट ला लिगामा तीन नयाँ खेलाडी दर्ता 

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजनका निम्ति तीन खेलाडीको नाम ला लिगामा दर्ता गराएको छ ।

बार्सिलोनाले ला लिगामा आइतबार भ्यालेन्सियाविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । त्यसअघि बार्सिलोनाले क्लेमेन्ट लेग्नेट, अन्सु फाती र ओलम्पिक स्वर्ण पदक विजेता एरिक गार्सियालाई ला लिगामा दर्ता गराएको हो ।

बार्सिलोनाले यो ट्रान्सफर विन्डोमा स्पेनका फरवार्ड ओल्मोलाई ६७.८ मिलियन डलरमा अनुबन्ध गरेको थियो । स्पेनबाट युरोपियन च्याम्पियनसिपको उपाधि समेत जितेका ओल्मो बार्सिलोनाको लक्ष्य थिए ।

तीन खेलाडी दर्ता गराए पनि आइतबार हुने खेलमा ओल्मो र भिक्टर टिममा रहने वा नरहनेबारे हालसम्म निश्चित भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ सिजनअघि तयारीका क्रममा सोमबार राति बार्सिलोना मोनाकोसँग ३–० ले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro