site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विगतकै मापदण्डका आधारमा उद्योग नवीकरण गराउन प्रधानमन्त्रीसमक्ष महासंघको माग
Tiktok banner adTiktok banner ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् । 

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दुरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ । 

महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro