site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगर । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ‌। प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो ।

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, "आईसीयूमा बिरामी भने थिएनन् ।"

अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro